प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७९ मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।