प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री दाहाललाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाए । सभामुख घिमिरले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको ब्यहोरा बैठकमा जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।