रसुवा । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ । समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो ।
सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् ।
“मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारकोजस्तै तलै छन् । यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ”, स्थानीय किसान याकबहादुर लिम्बूले भने । हिउँदेबालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको सङ्कट हुने उनको भनाइ छ ।
यहाँको वृदिम, खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, स्याफ्रु, धुञ्चे, राम्चे, यार्सालगायतका स्थान बढी प्रभावित भएका छन् । यी क्षेत्रमा सिँचाइ नभएको र हिमपातको चिसोमा निर्भर हुनुपर्ने भएकाले पनि किसान बढी चिन्तित भएका हुन् ।
दक्षिणी भेकको डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा, भोर्ले, धैबुङ, सरमथलीलगायतका स्थानमा भने सिँचाइ व्यवस्था भएको जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







