पोखरा । पोखरामा आज आईतबार अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा यहि माघ २२ गते आईतबार पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुन लागेको हो । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक मध्येको एक एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि कालजयी गायीका तारादेवीको माघ १३ गते स्मृति दिवस परेपनि दुबैको स्मृतिमा कार्यक्रम गरिन लागेको उनको भनाई छ ।
सिटीजन फर्निचर ट्रेड लिंकको प्रस्तुतीमा हुने कार्यक्रम साँझ ५ बजेबाट शुरु हुने जनाइएको छ । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुने श्रेष्ठले जानकारी दिए ।
नेपाली सांगीतिक क्षेत्रका हस्तीहरु अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरुप्रति समर्पित ९ट्रिब्यूट० दिने उद्देश्यले आयोजित स्मृति साँझमा पोखरेली कलाकारहरुले अरुणा लामा र तारादेवीका गीतहरु गुञ्जाउनेछन् । श्रेष्ठका अनुसार पोखरेली कलाकार अजुदा थापाले ‘तिमीलाई हाँसेर बिदा मात्र’, उषा गुरुङले ‘काली पारे दाइ कति राम्रो’, रामभक्त जोजिजु र ईतु जोजिजुले ‘जीवनको हरेक मोडमा’, शितल थापाले ‘फूलको थुंगा बहेर गयो’, लक्ष्मी गिरीले ‘घाममा पनि माया’, मीलन गुरुङ र देवी गुरुङले ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, रजनी ऋदम राईले ‘यो मन त तलाउ हो’ गीत गाउनेछन् ।
त्यस्तै, अरुणा लामाको सर्बाधिक चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा’ भन्ने गीत इतु जोजिजुले गाउने छिन् भने प्रिया गुरुङले ‘सबैले भन्थे’, पिंगला भट्टले ‘फूललाई सोंधे’ गीत गाउनेछन् । यसैगरी अरुणा लामाको सदाबहार गीत ‘ए कान्छा मलाई सुनको तारा’ भन्ने गीतलाई मीलन गुरुङ र कौशल्या गुरुङले गुञ्जाउँदा रामभक्त जोजिजुले ‘उकाली ओरालीहरुमा’ र सानु जोजिजुले इन्स्ट्रुमेन्टल प्रस्तुती दिदा शितल थापाले ‘भेटिनु छुटिनु त के हो र रु भन्ने कालजयी गीतमा प्रस्तुती दिएर सांगीतिक माहोल तताउने श्रेष्ठले जानकारी दिए ।
यस वर्षदेखि शुरु हुने अरुणा लामा–तारादेवी स्मृति साँझ अब हरेक वर्ष आयोजना गरिने जनाइएको छ । ‘कार्यक्रम अब हरेक वर्ष हुन्छ । यो त शुरुवात मात्रै हो’–उनले भने ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने स्मृति साँझको सहयोगीका रुपमा रुपाकोट ज्योति सुनचाँदी पसल, कुटी रिसोर्ट र डिजिटल साउण्ड एण्ड भिजन रहेका छन् । त्यस्तै, हस्पिटालिटी पार्टनरमा स्काई लाउञ्ज, साउण्ड पार्टनरमा एस।के।साउण्ड एण्ड लाईट, टेलिभिजन पार्टनरमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरमा एभरेस्ट आवाज डटकम र विज्ञापन पार्टनरमा परिचय एडभर्टाईजिङ रहेका छन् । कार्यक्रमको एभरेस्ट एफएमबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







