माघ २१ पोखरा । सिद्धार्थ नमुना दिदीबहिनी समुह पोखरा–१७ छोरेपाटनको अध्यक्षमा पुनः दुर्गादेबी बराल चयन भएकी छन् ।
समुहको शनिबार सम्पन्न चौंथो वार्षिक साधरण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा पुनः दोह्राउँदै ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समुहको उपाध्यक्षमा दुर्गा ढकाल, सचिवमा सुनिता तिमिल्सिना, सह–सचिवमा अन्जना बोगटी र कोषाध्यक्षमा ईन्दिरा पौडेललाई चयन भएका छन् । यस्तै अधिवेशनले समुहको सदस्यहरुमा शान्ति कार्की, मञ्जु रिमाल, हरिकला अधिकारी, कल्पना शर्मा अधिकारी, कल्पना परियार, ज्योति गुरुङलाई चयन गरेको छ ।
यसैविच नवगठित समितिले ७ जनाको सल्लाहकार समिति चयन गरेको छ । समुहले सरिता शर्मा, शान्ति बराल, सुभद्रा बास्तोला, जमुना गुरुङ, टिका लामिछाने, हिरा गदाल र जुना बास्तोलालाई सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष बरालले जानकारी दिइन् ।
नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तुलसी बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।
यसअघि, कार्यक्रम साधरण सभाको पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले समुहलाई नेतृत्व विकास, सिप क्षमतालाई प्राथमिकता दिएर आय आर्जन हुने कार्यक्रममा जोड दिन आग्रह गरिन् । उनले समुहले गर्ने सामाजिक कार्यक्रमहरुमा वडा कार्यालयको सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा दुर्गा मन्दिर व्यववस्थापन समितिका अध्यक्ष नारायण प्रसाद बराल, धर्मराज अर्याल, तुलसीराम बराल, नरनाथ बराल, मोहनलाल पौडेल, पोतप्रसाद पौडेल, शोभाखर ढकाल, मिना पोखरेल, जानुका पौडेल, दुर्गा ढकाल लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष दुर्गादेवी बरालको अध्यक्षतमा भएको कार्यक्रममा समुहका कोषाध्यक्ष इन्दिरा पौडेल, सचिव लक्ष्मी अर्यालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसहमतीले पारित भएको सचिव अर्यालले जानकारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







