दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ ।
गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २७ मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट चेन्ज जर्नालिस्ट्स फोरम) गठन गरेको थियो ।
सो तदर्थ समितिमा आबद्ध पत्रकारहरूले भर्चुअल माध्यमबाट विभिन्न चरणमा बैठक गरी संस्था गठनको आवश्यक प्रक्रिया अघि बढाउनुका साथै विधानलाई अन्तिम रूप दिएर आइतबार कार्यकारी समितिको नामावली सार्वजनिक गरेको हो । भारतका पत्रकार आशीष गुप्ताको अध्यक्षतामा १८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ ।
मञ्चको कार्यकारी उपाध्यक्षमा करामोत उल्लाह विप्लव (बङ्गलादेश), उपाध्यक्षत्रयमा महिन्दा पाथिराना (श्रीलङ्का), श्रीराम सुवेदी (नेपाल) र मोहम्मद रबनावाज चौधरी (पाकिस्तान( रहेका छन् । महासचिवमा असदुज्जमान सम्राट (बङ्गलादेश), सहायक महासचिवद्वयमा भीष्मराज ओझा (नेपाल( र राई मुनाब्बर (माल्दिभ्स) तथा कोषाध्यक्षमा मासुम बिल्लाह (बङ्गलादेश) रहेका छन् ।
त्यसैगरी मञ्चको कार्यकारी सदस्यमा सिके नायक (भारत), कुन्तक चटर्जी (भारत), सुनितकुमार भुयान (भारत), रिञ्जिन वाङ्चुक (भुटान), इमरान वाई चौधरी ९(((पाकिस्तान), केजे फैजा गिलानी (पाकिस्तान), केलुम बन्दारा (श्रीलङ्का), प्रगति ढकाल (नेपाल) र रफिकुल इस्लाम सबुज (बङ्गलादेश( रहेका छन् ।
सार्क सचिवालयबाट मान्यता दिलाउन प्रक्रिया अघि बढेको मञ्चले जनाएको छ । यसैगरी सार्कका सबै देशले आ–आफ्ना च्याप्टर गठन गर्न सक्ने विधानमा उल्लेख छ । मञ्चको मुख्यालय बङ्गलादेशको ढाकामा रहने महासचिव सम्राटले बताए । उच्चतम हिमाल, पहाडी भू(भाग, समथर भूमिसहित सामुद्रिक क्षेत्रसँग जोडिएको दक्षिण एसिया जलवायु परिवर्तनका कारण हुने जोखिममा अग्रपङ्क्तिमा आउँछ ।
यही चुनौतीलाई सम्बोधन गर्ने दिशामा सञ्चारमाध्यमको भूमिकालाई सशक्त पार्न यो संस्थाले काम गर्ने बताइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







