फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित




माघ २३ पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

सोमबार बसेको नेपाल आयल निगम व्यवस्थापन समितिको बैठकले मध्यरात १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा समान् ३ रुपैयाका दरले वृद्धि भएको छ ।

नयाँ मूल्यसुचि अनुसार पेट्रोलको रु १७८, डिजेल र मट्टितेलको प्रतिलिटर रु १७५ कायम गरिएको छ ।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

यसअघि निगमलाई ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट गत माघ १८ गते पेट्रोलमा प्रतिलिटर रु. ८.१० डिजेलमा ७।९८ प्रति लिटर मट्टितेलमा रु. ४.६१ प्रति लिटर र हवाई इन्धनमा रु. ७.८० प्रति लिटर बढाएर पठाएको थियो ।

निगमले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।