कांग्रेस संसदीय दलको बैठक स्थगित


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो ।

कांग्रेस संसदीय दलका नेताको निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।