फागुन १ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे ।
सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने उनले बताए । उनले भने, “उहाँहरुले सरकारमा आउनुपर्यो भनिरहनुभएको छ । छलफल गरेर आउनुपर्यो भन्नुभएको छ,” उनले भने, “हामीले सहमति गरेर काम गर्ने हिसाबले सरकारमा गएका थियौं । हामीले पाएको गृह मन्त्रालय पछिल्लो समय सहजै दिने अवस्था नदिने भएपछि बाहिरिएको हो । नयाँ सहमति भएको छैन । नयाँ सहमति भए हामी सरकारमा जाने वा के गर्ने भन्ने निर्णय गर्छोंं ।”
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







