मनाङ । हिमाली जिल्ला मनाङकी मनु गुरुङले माउन्ट अकान्कागुवाको सफल आरोहण गरेका छन् । अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६ हजार नौ सय ६० मिटर अग्लो हिमाल चढ्न उनी फेब्रुअरी १ मा त्यसतर्फ गएका थिए।
दक्षिण अमेरिकी महादेशको यो सबैभन्दा अग्लो हिमाल हो । नासों गाउँपालिका–७ की गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनमा आबद्ध रहेर पर्वतारोहणमा भाग लिँदै आएका थिए ।
उनले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा, आइल्यान्ड, फोकाल्दे, लोबुचे र धम्पुस पिकको सफल आरोहरण गरिसकेका थिए । नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार माउन्टेन ‘वुमन अफ द वल्र्ड’ नेटवर्क नामक संस्थाले विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो । आरोहणमा गएकामध्ये नौजनाले मात्रै हिमाल आरोहण गर्न सफल भएको बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







