काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पु¥याउने बताएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँग उहाँले विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
बारका अध्यक्ष घिमिरले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेको हुनाले यस प्रक्रियालाई चाँडै निष्कर्षमा पु¥याउन उनले माग गरे । अध्यक्ष घिमिरेले कायममुकायम (कामु) को भरमा न्यायालय चलेको एक वर्ष बितिसकेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने माग राखिएको बताए ।
विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीशले काम गरिरहेका छन् । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद खाली छ । त्यस्तै, उच्चमा पनि धेरै ठाउँमा कामुकै भरमा चलेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–१,मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी भाषको स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको…





