प्रतिभामा शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित




फागुन १२ पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन)को प्रमुख आतित्थ्तामा सम्पन्न भएको उक्त कार्यक्रममा बरालले विद्यार्थीहरुको आन्तर्निहित क्षमताको कदर गदै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निमार्णबाट आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालयले विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई बुझी बेलाबेलामा यस्ता प्रदर्शन गराउनु पर्ने बताए ।

विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmमा रहेको अन्तर्निहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निमार्णले शिक्षण सिकाइमा समेत प्रभावकारी हुने कुरा बताए । साथै उनले यही फागुन २६ गते पोखराको सभाहलमा अभिभावक उत्प्रेरणा तथा सम्मान कार्यक्रम राखिएको बताउँदै उक्त कार्यक्रमा नेपालका ख्यातिप्राप्त मोटिभेटर रवी कटुवालले प्रशिक्षण दिने साथै रचना रिमालको साङ्गीतिक प्रस्तुति रहनेसमेत जानाकारी दिए ।

उक्त कार्यक्रमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले पाठ्यपुस्तकसँग सम्बन्धित विषयवस्तुलाई आधार बनाई विभिन्न विषयका शैक्षिक सामग्री प्रर्दशन गरेका थिए । यसैगरी आइ एन जि गु्रपबाट मनोरञ्जनात्मक खेलका साथै माइ सेकेण्ड टिचर नामक ग्रुपले पनि विभिन्न किसिमका शैक्षिक तथा ज्ञानबद्र्धक सामग्री प्रस्तुत गरेका थिए ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माइ सेकेण्ड टिचरकी कलाकार एलिसा राईले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरु सेरिना खत्री र जस्मिना मल्लले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम र गण्डकी प्रदेश स्तरीय नाटकमा उत्कृट भएको नाटक ‘राजधानीको यात्रा’ पनि मञ्चन भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।