बाल यौन दुरुपयोग अभियोगमा पल शाहले पाए सफाई


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७९ मा प्रकाशित




फागुन १४ पोखरा । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई न्यायाधिश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग नपुग्ने भन्दै सफाई दिएको हो ।

शाहले सबै अभियोगबाट पूर्ण सफाई पाएको उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । शाह भोलि रिहा हुनेछन् ।

एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि अनुसन्धान गरेर तनहुँ प्रहरीले २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि २०७८ चैत १० गतेको आदेशबाट उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।