फागुन १६ पोखरा । एभरेस्ट एफएम ९३ मेगाहर्जका प्रमुख कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठ ‘वरिष्ठ रेडियो पत्रकार सम्मान–२०७९’ बाट सम्मानित भएका छन् ।
ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि.ले विगत दुई दशक बढी समयदेखि रेडियो पत्रकारितामा क्रियाशिल श्रेष्ठलाई रेडियो पत्रकारिताका माध्यमबाट ज्योतिष पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै सो सम्मान गरेको हो ।
मंगलबार पोखरा – ५ प्रस्र्याङस्थित एभरेस्ट एफएमको कार्यालयमा एक कार्यक्रमका विच पत्रकार श्रेष्ठलाई ज्योेतिष भविष्यवाणीका संस्थापक अध्यक्ष/प्रधानसम्पादक ज्योतिष शिरोमणि प्रा.डा. बलराम उपाध्याय रेग्मीले सम्मान गरेका हुन्
सो अवसरमा बोल्दै ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि.का प्रधानसम्पादक ज्योतिष शिरोमणि प्रा.डा. रेग्मीले ज्योतिष भविष्यवाणीले २०५३ सालमा शुरु गरेको ‘मेची महाकाली ज्योतिष जागरण अभियान’ र २०७८ भदौ १ देखि शुरु गरेको ‘विश्वज्योतिष जागरण अभियान’मा पत्रकार श्रेष्ठले ज्योतिष पत्रकारिताका क्षेत्रमा गरेको योगदानको कदर गर्दै सो सम्मान अर्पण गरिएको बताए । उनले भने, ‘विगत २१ वर्षदेखि रेडियो पत्रकारितामा क्रियाशिल दीपेन्द्र श्रेष्ठ नेपालकै उत्कृष्ठ पत्रकारका रुपमा हामीले पायौं र उहाँलाई सम्मान गर्ने निर्णय गरेका थियौं र आज सम्मान गरेका छौं ।’
दुई दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल रहेर ज्योतिष शास्त्रका क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई आगामी वर्षदेखि सो सम्मान अर्पण गरिने संस्थाका प्रधानसम्पादक प्रधानसम्पादक ज्योतिष शिरोमणि प्रा.डा. रेग्मीले जानकारी दिए ।
सम्मानित पत्रकार श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक हुन् ।
ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि.द्वारा ज्योतिष भविष्यवाणी साप्ताहिक र jbweekly.com नामक अनलाईन सञ्चालनमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







