पोखरा । पोखराको लामाचौर स्थित ई. अ. सं. पश्चिमान्चल क्याम्पसमा इन्जिनियरिंग अध्ययन संथानमा पहिलो पटक काठमाडौँ बाहिर शैक्षिक बर्ष २०७९/०८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स बिषयको प्रवेश परीक्षा भएको छ ।
यो पटक जिओम्यटिक्स बिषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने बिद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा व्यवस्था मिलाईएको जानकारी क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मल प्रसाद बरालले जानकारी गरानुका साथै आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य बिषयहरू अध्ययन गर्न चाहने बिद्यार्थीहरूका लागि पनि पश्चिमान्चल क्याम्पसमा प्रवेश परीक्षा दिन मिल्ने व्यवस्था गराउने गरी अवश्यक प्राविधिक तयारी पनी पुर्ण भएको बरालले जानकारी दिए ।
ई.अ. सं अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययन गर्न चाहाने बिद्यार्थीले प्रवेश परीक्षा दिन यस आगाडी काठमाडौँ नै धाउन पर्ने बाध्यता थियो अव त्यो बाध्यता हटेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







