रविनको अध्यक्षतामा सिद्धार्थराजमार्ग टोल विकास समिति


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७९ मा प्रकाशित




फागुन २० पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७, छोरेपाटनमा सिद्धार्थराजमार्ग टोल विकास समितिको तदर्थ समिति गठन गरिएको छ ।

शनिबार विहान दुर्गा मन्दिर परिषरमा भएको टोल भेलाले रविन गुरुङ्गको अध्यक्षतामा नौं सदस्यित तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राममाया वास्ताकोटी, सचिवमा बेदराज ढकाल तथा कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भए । समितिको सदस्यहरुमा सरिता शर्मा, हिमलाल पौडेल, संजोग प्रधान, थमन परियार र विमल अधिकारी रहेका छन् ।

टोलका जेष्ठ नागरिक शोभाखर ढकालको प्रमुख आतिथ्यतामा भएको भेलाले उक्त समिति गठन गरेको हो । सो अवसरमा ढकालले टोल भित्रका विकृती विसंगती हटाउँदै स्वच्छ शान्त टोल निर्माणमा समिति लाग्नुपर्ने बताए । भेला पछि गठन भएको समिति टोल विकासमा लाग्ने अध्यक्ष गुरुङ्गले प्रतिवद्धता जाहेर गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।