विना चालक फेवातालमा डुंगा सयरमा कडाई


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित




पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा अबदेखि विना चालक डुंगा सयरमा कडाई गर्ने भएको छ ।

शनिबार दिउँसो एकाएक हुरि चल्दा एक जनाको ज्यान जानेगरि फेवातालमा भएको दुर्घटनापछि डुंगा सयरमा प्रशासनले कडाई गर्ने भएको हो ।

प्रशासनले यात्रु आफैले जानी नजानी डुंगा सयर गराउँदा यस्ता खाले दुर्घटना बढ्न सक्ने ठहर गर्दै अबदेखि चालकविना डुंगा सयर गराउन नपाउने गरि कडाई गर्ने निर्णय गरेको डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।

आइतबार व्यवसायी र कास्की प्रशासनविच भएको छलफलमा अबका केही महिना दिउँसो साढे ३ बजेपछि तालमा डुंगा नचलाउने र चालक बाहेकलाई डुंगा सयरमा कडाई गर्ने निर्णय भएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।