‘मलाई रातो रङ लगाईदेउ’ शिर्षकमा नारी दिवस


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित




कास्की । एमनेस्टी इन्टरनेसनल पुरुञ्चौर युथ नेटवर्कको आयोजना तथा हरीयाली आमा समुहको सहकार्यमा बुधवार पुरुञ्चौरमा मलाई रातो रङ लगाईदेउ शिर्षकमा विविध कार्यक्रमको आयोजना गरी मनाईएको छ।

११३औ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले अझैपनि महिला हिंसा अन्त्य नभएको र महिलाहरु समाजमा आँफु खुशी बाच्न नपाएको दुखेसो पोखे। पहिरनका हिसावले पनी महिलाहरु बञ्चित हुनु परेको अधिकांश बक्ताहरुले उल्लेख गरे।

कार्यक्रममा युथ नेटवर्क का सदस्यहरुले मलाई रातो रङ लगाईदेउ शिर्षक मा विविध प्रस्तुतिहरु देखायका थिय। एउटा महिला श्रीमान बितेकै कारण रातो वस्त्र पहिरन गर्न नहुने भन्ने सामाजिक कुसंस्कार को शिकार भैरहेको सन्धर्भमा गरिएको कार्यक्रममा सहभागी महिलाहरु भावुक देखिन्थे। कार्यक्रमको प्रस्तुतिहरुले सहभागी महिला का आखा रसाएका थिए।

कार्यक्रमको औचित्य र प्रस्तुतिको नेतृत्व नेटवर्क की सदस्य सुनिता अधिकारी ले गरेकी थिईन्। कार्यक्रम मा सेतो पहिरन लगाउने महिला कसरी रंगीन पहिरन लगाउँदा समाजबाट अपहेलित भयका छन् भन्ने दृष्य देखाईएको थियो।तर कार्यक्रम को उध्येश्य तेस्ता नारी या महिला लाई कुसंस्कार होईन संस्कारिक देखाउने पहिरन मात्रले होईन भन्ने सन्देश दिन मलाई रातो रङ लगाईदेउ शिर्षक मा प्रस्तुति हरु देखाईएको हो।

कार्यक्रममा पोखरा महानगरपालिका वडानं १९का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डे, वडा सदस्यहरु दुर्गा बस्नेत, सुनिता सुनार,हरियाली आमा समुहकी अध्यक्ष ईन्द्र कुमारी पौडेल, एमनेस्टी इन्टरनेसनल पुरुञ्चौर युथ नेटवर्क की सदस्य सुनिता अधिकारी लगायतले यस प्रकारको कार्यक्रमले समाजमा परिवर्तन हुने अपेक्षा गरेका थिए।कार्यक्रममा बिभिन्न पार्टी का प्रतिनिधि, आमा समुह,टोल बिकाश संस्था, युवा क्लब लगायतका संघ संस्थाको बाक्लो उपस्थिति रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।