पोखरा । लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाले संयूक्तरुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ यूनिट रगत संकलन भएको छ ।
‘रक्तदान जीवन दान, जीवन दान महा दान’ भन्ने नाराका साथ दुई संस्थाको संयूक्त आयोजनामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको लिला बहादुर गुरुङले जानकारी दिए ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका क्षेत्रिय प्रमुख सन्तोष गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष गोपाल प्रसाद सेढाई, प्रेमकुमारी गुरुङ, सुर्यप्रसाद बराल, शशी श्रेष्ठ लगायतले बोलेका थिए ।
सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष इश्वर चिलुवालले स्वागत र सञ्चालन सचिव सुमित्रा भण्डारीले गरेकी थिइन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







