
पोखरा । यहि चैत्र ३ गते दोस्रो तनहुँ जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो २०७९ हुने भएको छ । भिमाद आईटिएफ एकेडेमीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम दुईदिनसम्म हुने कार्यक्रमका संयोजक तथा तनहुँ जिल्ला आईतिएफ तेक्वान्दो संघका अध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिए ।
भिमाद नगरपालिका वडा न. ६ स्थित नगर उद्योग बाणिज्य संघ को सभाहलमा हुने कार्यक्रममा जिल्ला अन्तर्गतका विभिन्न ५ दोजाङका करिव १ सय ५० खेलाडीको सहभागी रहने आयोजकले जनाएको छ । कार्यक्रममा २६ स्वर्ण,२६ रजत र ५२ काश्य पदकका लागि प्रतिस्पिर्धा हुने छ ।
कार्यक्रमको उद्धघाटन भिमाद नगरपालिकाका अध्यक्ष दधिराम सुवेदीले गर्नेछन् । प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन,खेलाडीहरुको स्तरियता अभिवृद्धी, ग्रामिण भेगमामा खेलको महत्व बुझाउनुका साथै खेल पर्यटन मार्फत जिल्लालाई अग्रसर गराउने उद्धेश्यले सञ्चालन गर्न लागिएको २ दिने प्रतियोगिताका लागि करिव ४ लाख ५० हजारसम्म खर्चको अनुमान गरिएको छ ।
कार्यक्रमका लागि विभिन्न उपसमितीहरुले तयारी गर्दैछन् । जिल्ला स्तरिय उक्त प्रतियोगिताका लागि आर्थिक तथा प्रचारप्रसारका लागि गोपाल चन्द,रेफ्रि तथा अफिसियल संयोजकका लागि उत्तम थापा,खेलाडी व्यवस्थापनमा आशिष थापा,अतिथि तथा मञ्च व्यवस्थापनमा सौगात गुरुङ,होटल तथा यातायात व्यवस्थापनमा सन्देश नेपाली लगाएको टिम खटिरहेको छ ।
कार्यक्रमको समन्वय आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशले गरेको छ भने नगर खेलकुद विकास समितीको संरक्षकत्व रहेको छ । त्यसैगरि कार्यक्रमलाई सफल बनाउनका लागि युवा क्लव भिमादले सहयोग गर्नेछ भने मिडिया पार्टनरमा भिमाद एफ.एम. रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






