काठमाण्डौं । सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे ।
यता खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । खेलको २५औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो ।
सातदोबाटोले पाँच खेलमा १२ अङ्क जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अङ्क छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






