पोखरा । पोखरामा एक यात्रुवहाक बसले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
शुक्रबार बिहान पोखराको चिप्लेढुंगामा बसले ठक्कर दिँदा पोखरा–५ पस्र्याङ बस्दै आएकी दिक्षा कार्की (२४)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो ।
बिहान ७ ः १० बजे सिद्धार्थचोकबाट चिप्लेढुंगातर्फ आउँदै गरेको पोखरा–ताङतिङ चल्ने बस ग १ ख ७१०८ नम्बरको बसले कार्की सवार ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते कार्कीलाई उपचारका लागि अस्पताल लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले बताए । कार्की दमक ४ झापाकी स्थायी बासिन्दा हुन् ।
ठक्कर दिने उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







