रतन पाण्डे सहकारीको रक्तदानमा ४५ यूनिट संकलन


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७९ मा प्रकाशित




पोखरा ४ चैत । रतन पाण्डे बचत तथा ऋण सहकारी संस्थाले गरेको रक्तदान कार्यक्रममा ४५ यूनिट रगत संकलन भएको छ ।

पोखरा–१३ आर्वास्थित सहकारीले १८ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४५ यूनिट रगत संकलन भएको हो ।

यसअघि पोखरा–१३ का वडा सदस्य बलबहादुर बरालले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष बसन्त शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद बराल, सहकारीका शिक्षा उपसमितिका संयोजक रबिमोहन बराल, आशिर्वाद युवा क्लवका अध्यक्ष बिक्रम बराल लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।