नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले हाल कायम रहेका महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गरेका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–१,मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी भाषको स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको…





