पोखरा । तनहुँको भिमादमा सम्पन्न दोस्रो जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ऋषिङपाटन एकेडेमी टिम च्याम्पियन बन्न सफल भएको छ ।

तनहुँ जिल्ला आईटिएफ संघको आयोजनामा शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २५ पदक हात पार्दै ऋषिङपाटन एकेडेमी टिम च्याम्पियन बन्न सफल भएको कार्यक्रम संयोजक तथा तनहुँ जिल्ला आईटिएफ संघका अध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिए ।
उनका अनुसार ऋषिङपाटन एकेडेमीले १० स्वर्ण ८ रजत र ७ काश्य प्राप्त गरेको हो । त्यसैगरि प्रतियोगितामा भिमाद एकेडेमीले ३८ पदक सहित दोस्रो स्थान हासिल गरेको छ । भिमादले ९ स्वर्ण ,१० रजत र १९ काश्य हात पारेको छ ।

त्यसैगरि शुक्लागण्कीड दोजाङ २७ पदक सहित तेस्रो भएको छ । शुक्लागण्डकीले ७ स्वर्ण ,८ रजत र १२ काश्य हात पारेको छ । प्रतियोगितामा भिमाद एकेडेकीका मोनिका कुँवर उत्कृष्ट महिला खेलाडी घोषित भएको छन् भने पुरुष तर्फ शुक्लागण्डकी दोजाङका अनिश थापा घोषित भएका छन् ।

महिला तर्फका कुवँरले रातो पेटी एकल प्याट्रन र ४०-४५ केजी तौल समुहमा स्वर्ण हात पारेकी हुन् भने पुरुष तर्फका थापाले पनि सोहि प्याट्रन र ४५-५० तौल समुहमा स्वर्ण हात पारेका हुन् ।
प्रतियोगितामा टिम च्याम्पियन बनेपछि खुसी साट्दै ऋषिङपाटन एकेडेमीका मुख्य प्रशिक्षक गोपाल चन्दले टिम च्याम्पियन बन्नुमा खेलाडीहरुको कठोर मेहनतको प्रतिफल प्राप्त भएको बताए । खेलकुदका ईक्युपमेन्टको अभावका बावजुत पनि प्रतियोगिताको तयारी गरिएको स्मरण गर्दै उनले यो उपाधिले आगामी प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि थप उत्साह थपेको जनाए ।

प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन,खेलाडीहरुको स्तरियता अभिवृद्धी, ग्रामिण भेगमामा खेलको महत्व बुझाउनुका साथै खेल पर्यटन मार्फत जिल्लालाई अग्रसर गराउने उद्धेश्यले सञ्चालन गरिएको उक्त प्रतियोगितामा जिल्लाका विभिन्न ५ दोजाङका गरि करिव १ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्धघाटन शुक्रबार भिमाद नगर प्रमुख दधिराम सुवेदीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







