अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पा¥यो : मुख्यमन्त्री अधिकारी


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित




पोखरा, चैत ६

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको आरोप लगाएका छन् । अनलाईन पत्रकार संघ गण्डकीको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन शत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताएका हुन् । अनलाईन पोर्टलको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल गरिएको देखिदैन,उनले भने,‘कतिपय अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ ।’

नेकपा एमालेका संगठन विभाग प्रमुखसमेत रहेका मुख्यमन्त्री अधिकारीले अनलाईन मिडियालाई नियमन गर्न आवश्यक रहेको बताए । अनलाईन मिडियालाई व्यवस्थित बनाउन आवश्यक छ,उनले भने,‘अनलाइन मिडियाहरुलाई नियमन गर्नुपर्छ ।’ उनले पत्रकारिता क्षेत्र गुणस्तरिय हुनुपर्ने बताए । उनले अगाडि थपे,‘पत्रकारिता क्षेत्र नै गुणस्तरिय भएन भने त्यसको असर अन्य क्षेत्रमा पनि पर्छ । उनले अनलाई मिडियालाई व्यवस्थित बनाउन अनलाई मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । पत्रकार निस्पक्ष हुनुपर्ने बताउँदै उनले भने,‘हाम्रोमा पत्रकार आफै विज्ञापन उठाउन जाने चलन छ । पत्रकार आफै विज्ञापन उठाउन जानु राम्रो होईन ।’

मुख्यमन्त्री अधिकारीले पत्रकारको हित हुनेगरी नै गण्डकी सरकारले आमसञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाए । गण्डकी सरकारले आमसञ्चार विधेयक दर्ता गरेरपनि पारित नगरी संसदमा विचाराधीन अवस्थामा राखेको छ । उनले सो विधेयक कहिले अघि बढ्छ भन्नेबारेमा भने केहिपनि बोलेनन् ।

मुख्यमन्त्री अधिकारीले पछिल्लो समय सत्ताका लागि मात्र राजनीति गर्दा नागरिक समस्यामा परेको बताए । ‘पछिल्लो समय सत्ताका लागि मात्र राजनीति केन्द्रीत हुन थाल्यो । तर मेरा लागि सत्ता प्रमुख होईन’–उनले भने । उनले देशको विकास र जनताको आधारभूत आवश्यक्ता परिपूर्ति र्नै आफ्नो प्राथमिकता भएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।