पत्रकार मिश्र नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित




चैत ६ पोखरा । पत्रकार बासुदेव मिश्र नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित भएका छन् ।

पत्रकारिताको माध्यमबाट नीजि क्षेत्रका एजेण्डा मुखरित गर्ने काम गरेको भन्दै संस्थाका सचिवालय कर्मचारी समेत रहेका पत्रकार मिश्रलाई नगद सहित सम्मान गरिएको हो । मिश्रलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला आढाई सम्मानपत्र र नगदले सम्मान गरेको हो ।

पत्रकार मिश्रसंगै कर्मचारी निशान खनाल, कोषध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र स्थापनाकाल देखी नै संस्थामा योगदान दिएका मोति प्रसाद पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान गरिएको हो ।

यस्तै महासंगले उत्कृष्ट शाखाको रुपमा गैडाकोट उद्योग वाणिज्य संघलाई सम्मान समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।