पेट्रोलियम पदार्थको आगो निभाउने उपाय सिकाँउदै आरएनए–१६


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित




चैत ६ भक्तपुर । रेस्क्यू एण्ड अवेयरनेस–१६ डिजास्टार (आरएनए–१६) ले भक्तपुरका विभिन्न स्थानमा आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम गरेको छ ।

प्राकृतिक प्रकोप, आत्मरक्षा लगायतका क्षेत्रमा कार्यहरु गर्र्दै आएको आरएनए–१६ नामक संस्थाले सामुदायिक प्रहरीसँगको सहकार्यमा भक्तपुरको मध्यपुर थिमीका विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थबाट हुने आगलागी निभाउने उपायका बारेमा समुदाय स्तरमा कृतिम अभ्यास सहितको तालिम प्रदान गरेको हो ।

पछिल्लो समय खाना पकाउने ग्याँस सिलिण्डर र आत्मदाहका घटनाहरु बढिरहेको अवस्थामा अपनाउन पर्ने सुरक्षा र उद्दारका लागि गर्न सकिने प्रयासका बारेमा जानकारी गराइएको संस्थाका मानव संसाधन प्रवन्धक निना खाइतुले जानकारी दिइन् ।

२०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पपछिको उद्दार र राहतका लागि स्थापना भएको संस्थाले सिन्धुपाल्चोकको धुलिखेल, संखरापुर, सिन्धुलीको चौतारा र सुदुरपश्चिमको डढेलधुरा लगायतका स्थानमापनि यही प्रकारको तालिस सम्पन्न गरिसकको संस्थाकी इमरजेन्सी रेस्पोण्डर लजिस्टिक म्यानेजर बन्दना खनालले जानकारी दिइन् । उनले, ‘तत्कालिन आवश्यकताले जन्मिएको संस्था हो, केही नगरि बस्नुभन्दा सकेको गरौं भन्ने उद्देश्यले खोलिएको संस्था भएकाले समाजमा परेका विभिन्न विपत्तीका घटनाहरुमा हामीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छौं ।’

संस्थाले कोरोना कालमा कोभिड १९ का कारण धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको शव व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेलेको थियो । यसका साथै संस्थाले सुरक्षा निकायसँगको समन्वयमा कोभिड १९ संक्रमितको शव व्यस्थापन कार्यमा समेत संलग्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।