सिद्धार्थ क्लबको रक्तदानमा ६४ यूनिट संकलन


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित




पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजना, बगालेटोल दिदी बहिनी समूह बगालेटोलको सह–आयोजना र ने.रे.सो. कास्की प्रदेशीय रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६४ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका आजिवन सदस्य बामदेव सुवेदीलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबको कार्यक्रमहरुको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रका कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उहाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष प्रमोद नारायण श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव रवि मर्सानीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।