मनाङ । हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ ।
हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए । चिसोका कारण गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए ।
विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतका विकास निर्माणका कार्य रोकिएकामा अहिले कामले निरन्तरता पाएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताए ।
जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम भइरहेको प्रमुख इन्जिनियर विष्टले बताए । सडक निर्माणको कामअन्तर्गत रिटर्निङ वाल लगाउने, नाला निर्माण, सडक सम्याउने लगायतका कार्य भइरहेको उनले बताए । चिसोले रोकिएका काम अहिले वर्षायाम सुरु हुनु अगावै केही सहज बनाउने उद्देश्यले तीव्रताका साथ काम भइरहेको उनले बताए ।
मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम अनुकूल भएपछि कामले तीव्रता पाएको उनले बताए । उक्त सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । यहाँको सहज यातायातका लागि सरकारले विशेष रुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ ।
सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले रु ६० करोड विनियोजन गरेको छ ।
आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनाअनुसार बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







