पोखरा, चैत ९
गण्डकी प्रदेशमा क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको छ । अन्य प्रदेशको भन्दा अब्बल रहेको गण्डकी प्रदेशको क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको गण्डकी प्रदेश निर्देनालयले जनाएको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार पोखरामा आयोजना गरेको पत्रकारसँगको अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्रालयका राजेशकुमार यादवले गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा भने क्षयरोग उपचारमा ९१ प्रतिशत सफलता दर रहेको जानकारी दिए ।
उनका अनुसार गण्डकीमा पछिल्लो ८ महिनामा १ हजार ३ सय ३७ जना नया विरामी पत्ता लगाउनुपर्ने भएपनि आधा भन्दा कम अर्थात ६ सय ५५ जना मात्रै पत्ता लागेको छ । कास्कीपछि नवलपुरमा ५ सय २९ जना नया विरामी भेटिएको उनले जानकारी दिए ।
यो अवधीमा गण्डकीमा क्षयरोगबाट ९२ जनाको मृत्यू भएको जनाइएको छ । गण्डकीमा दैनिक सरदर ४ जनाको यो रोगबाट मृत्यू हुनेगरेको यादवले जानकारी दिए । गण्डकीमा वार्षिक ५ हजार ६ सय ७७ जना नया विरामी पत्ता लगाउनुपर्ने जिम्मेवारी भएपनि गत आर्थिक वर्ष २०७८÷७९ मा २ हजार २ सय ४७ जना मात्रै पत्ता लागेको उनले बताए । यस अवधीमा १ हजार ४ सय ६३ जनाको क्षयरोगबाट मृत्यू भएको जनाइएको छ ।
विश्व क्षयरोग दिवस भोलि शुक्रबार विश्वभरी मनाईदैछ । हरेक वर्ष मार्च २४ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “हो । हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने नारा तय भएको छ । दिवसको अवसरमा क्षयरोग विरामीलाई फलफुल वितरण, कारागारका क्षयरोग विरामीलाई पोषण भत्ता वितरण, क्षयरोग सम्बन्धी टिकटक प्रतियोगितालगायतका कार्यक्रम गरिने जन स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार फोक्सो र फोक्सो बाहिर गरेर दुई प्रकारको हुने क्षयरोग हावाको माध्यमबाट सर्ने गर्दछ । क्षयरोग लागेको व्यक्तिमा साँझपख ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, कमजोर हुँदै जानु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुँदै जानुका साथै खकारमा रगतसमेत देखिने उनले बताए ।
क्षयरोग लागेका व्यक्तिले समयमै स्वास्थ्य जाँच गराई औषधी खाएमा निको हुने उनले बताए । क्षयरोगको औषधी सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने आचार्यले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







