फाइल तस्विर
स्याङ्जा । सिद्धार्थ राजमार्गअन्र्तगत स्याङ्जाको भालुपहाडमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
शनिबार साँझ स्याङ्जाको पुतलीबजार नगरपालिका–४ भालुपहाडमा अन्दाजी २० फिट माथिबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पहिरो पन्छाउन प्रयास गरिएपनि स्याङ्जामा भएको डोजरले नसकेपछि पोखरास्थित सडक डिभिजन कार्यालयबाट डोजर मगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । उनले भने, ‘सुख्खा पहिरोसँगै ठूला–ठूला ढुङ्गा समेत खसेका कारण पहिरो पन्छाउन समस्या भइरहेको छ । अहिले पोखरास्थित सडक डिभिजन कार्यालयबाट ठूलो डोजर हिडिसकेको छ । डोजर आएको आधा घण्टामा यातायात सुचारु हुन्छ ।’
पहिरोका कारण साढे ७ बजेबाट सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







