पोखरा । प्रभु बैंक लि. ले विश्व वित्तिय सप्ताह विभिन्न कार्यक्रम गरि मनाएको छ ।
किशोर तथा यूवाहरुमा वित्तिय शिक्षाको महत्वका सम्बन्धमा जागर ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान अन्र्तगत बैंकले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विशेष कार्यक्रमका साथ मनाएको हो ।
‘प्लान योर मनी, प्लाण्ट योर फ्यूचर’ भन्ने नाराका साथ प्रदेशका ४ जिल्लाका एक सय बढी क्षेत्रमा मनाइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा अर्गानाइजेसन अफ इकोनोमिक्स एण्ड डेभलोप्मेन्टको आयोजनामा विश्वव्यापी रुपमा मनाइने गरेको छ ।
बैंकले गत सोमबार (चैत ६) बाट शुरु गरेको विश्व वित्तिय सप्ताह विभिन्न कार्यक्रम गर्दै आइतबार समापन गरेको छ । बैंले सो अन्र्तगत मुस्ताङ्गको लोमान्थाङ्ग, म्याग्दीको सिबाङ्ग, गोरखाको तुम्सिका गाऊँ, मनाङ्गको तिमाङ्ग लगायत १०० वढि स्थानहरुमा सो कार्यक्रम गरेको प्रभु बैँकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।
कार्यक्रममा वित्तिय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण विषयक वित्तिय साक्षरता प्रदान गरिएको रानाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







