दश दलिय सत्तारुढ गठबन्धनविच मन्त्रालय भागबण्डा टुङ्गियो, भोलि मन्त्रिपरिषद् विस्तार हुँदै


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७९ मा प्रकाशित




काठमाण्डौँ । दश दलिय सत्तारुढ गठबन्धनविच सरकार विस्तारका लागि सहमती जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरुको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको हो ।

दलहरुविच भएको सहमती अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालयसहित कांग्रेस, ५ मन्त्रालयसहित माओवादी केन्द्र सहभागि हुने भएका छन् । यस्तै नेकपा एकीकृत समाजवादी र जसपाको भागमा २–२ मन्त्रालय, लोसपा, नागरिक उन्मुक्ति, आमजनता पार्टीलाई १–१ मन्त्रालय दिने सहमति भएको छ ।

जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय पाउने गरि सहमति जुटेको छ ।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । यस्तै बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको छ ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।