नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत


     एभरेस्ट आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित




नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ ।

दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरे । शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । ‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

यस्तै ‘चिरणहरि पत्रकारिता पुरस्कार’ रासस समाचारदाता सानेबहादुर नेपालीलाई, ‘हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई, ‘भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई तथा ‘पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पवन पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।