हिमाल सफाई गर्न जाने सेनाको टोलीलाई पोखरा महानगरको १५ लाख सहयोग


     एभरेस्ट आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित




पोखरा । अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अन्नपूर्ण हिमाल क्षेत्रमा भएका फोहोरहरु सफाई गर्न जान लागेको सेनाको टोलीलाई पोखरा महानगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ दिने महानगरपालिकाका मेयर धनराज आचार्यले घोषणा गरेका हुन् ।

अन्नपूर्ण हिमाल सफाई गर्न सेनाको टोली जाने तयारीमा छ । सो टोलीलाई पोखरा महानगरपालिकाको लोगो अंकित झण्डापनि हस्तान्तरण गरिएको छ । पोखरामा विहीबार आयोजित बिदाई कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर आचार्यले महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण गरेका हुन् । सो झण्डा सेनाको सफाई टोलीले हिमालमा लगेर फर्फराउने जनाइएको छ ।

झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले पछिल्लो समय मानवीय क्रियाकलाप बढेका कारण हिमालमा प्रदूषण बढेको बताए । उनले पदूषणका कारण हिमालमा पर्नसक्ने असर र खतराप्रति चिन्ता व्यक्त गरे । साथै उनले हिमालको सफाई अभियानमा पोखरा महानगरपालिका सँधै साथमा रहने बताए ।

हिमाल पोखराको पहिचान हो,उनले भने,‘पोखरा माछापुच्छ«े र अन्नपूर्ण हिमाललगायतका हिमश्रृङ्खलाहरुको काखमा रहेको सहर हो, त्यसैले हिमाल बिनाको पोखरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ ।’

कार्यक्रममा बोल्दै नेपाली सेनाको पश्चिम पृतना बिजयपुर ब्यारेकका पृतनापति एवम् उपरथी मेजर जनरल दीपककुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तरगत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागेको जानकारी दिए ।

हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनेको उनको भनाई थियो । सेनाको टोलीले यसअघि सन २०२१ म धौलागिरी हिमाल र सन २०२२ मा मनास्लु हिमाल क्षेत्रको फोहोर सफाई गरेको थियो । उनले ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरूमा सफाई अभियान सञ्चालन गरिने

नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।