हाजिरी जवाफ प्रतियोगितामा रत्न शोभा प्रथम


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित




कास्की । बाल प्रतिभा प्रतिस्पर्धा कार्यक्रम अन्तर्गत भएको हाजिरी जवाफ प्रतियोगितामा रत्न शोभा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।

बिहिबार सम्पन्न भएको वडा स्तरीय हाजिरी प्रतियोगीतामा जनज्योति आधारभुत विद्यालय द्धितिय, जनज्योति माध्यमिक विद्यालय तृतिय र लेखनाथ अधारभुत विद्यालय सान्त्वना भएका थिए ।

सात वटा विद्यालयहरु सहभागिता रहको उक्त प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुन सफल विद्यार्थीहरुलाइृ पुरस्कार वितरण गर्दै वडा नं.२८ का वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक श्रीकृष्ण लामिछिानेले आजका बालबालिका भोलीका कर्णधार भन्ने भनाईलाई सिमित नराखी साँचिकै व्यवहारमा कर्णधार बनाउनु पर्ने बेला आएको बताए ।

आगामी शैक्षिक सत्रमा विद्यालयमा पढ्ने उमेर समुहका बालबालिकाहरुलाई समयमै भर्ना गरी शैक्षिक कार्यपत्रो निर्माण गरी शिक्षण सिकाई क्रियाकलापलाई अगाढि बढाउन सबै विद्यालयहरुलाई उनले आग्रह गरे ।

यसै गरी वडा सदस्य एवम् कार्यक्रम संयोजक डाल्डा देवी भुजेलले विद्यालयमा किताबी ज्ञान मात्र नभई सामान्य ज्ञानको समेत शिक्षा हुनुपर्नेमा जोड दिंदै हाजिरी जवाफ प्रतियोगिताले साना बालबालिकाको बोल्ने कलाका साथै आत्म विश्वास समेत बढेको आफूmले महशुष गरेको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षक प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम जनरल राउण्ड, ¥यापिड फायर, प्रसनल र भिजिवल राउण्ड गरी चार राउण्डमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालयको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको संयोजनमा सम्पन्न भएको थियो भने रुद्र बहादुर थापाले कार्यक्रम सञ्चालन र दिपक प्रसाद तिवारीले प्राविधिक सहयोग गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।