रसुवागढी–केरूङ नाका ३ वर्षपछि पूर्णरुपमा सञ्चालन


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित




चैत १८ रसुवा । रसुवागढी–केरूङ नाका पूर्ण रूपमा ३ वर्षपछि सञ्चालनमा आएको छ ।

नेपाल सरकारले कोभिड – १९ महामारीका कारण २०७६ चैत ११ गते सबै अन्तराष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेपछि बन्द भएको नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

नेपाल–चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो । उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो।

सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गरेका थिए । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।