शनिबार १२ मिनेटको फरकमा भूकम्पका २ धक्का


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित




काठमाडौं । शनिबार १२ मिनेटको फरकमा भूकम्पको दुई धक्का महशुस गरिएको छ ।

बिहान ११ बजेर २७ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर र ११ बजे ३९ मिनेटमा लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको सुरी केन्द्र बिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । सो भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

यस्तै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प अर्को भूकम्प गएको हो । सो भूकम्प तीन दशमलव आठ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।