चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमाले निर्णय


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उहाँहरु दुवैलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

बारा–२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने तत्काल निर्णय नगरिएको उनको भनाइ छ । उनले उक्त निर्वाचन क्षेत्रमा भोलिसम्ममा उम्मेदवार तय गर्ने बताए ।

उपमहासचिवसमेत रहनुभएका नेता गुरुङले कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले वर्षभरि कार्यक्रम बनाएर मनाउने निर्णय गरेको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।