पोखरा लिंकन ई कलेजले यहि सेसनदेखि एम बि ए चलाउने


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा लिंकन ईन्कटरनेशनल लेजले यहि शैक्षिक सत्रदेखि एम बि ए मास्टर्स इन बिजनेस एड्मिनिस्ट्रेसन संचालन गर्ने भएको छ । कलेज परिसरमा आइतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलेजका अध्यक्ष शेरबहादुर गुरुड.ले सो जानकारी दिएका हुन् ।
अप्रिलको पहिलो साताबाटै शुरु हुने शैक्षिक कार्यक्रमको मुख्य लक्ष्य बैंक बित्तिय संस्था नेपाल सरकारका कर्मचारी वा कुनै फर्म व्यवसायमा संलग्न रहेका तर हालका सिफ्टहरुमा अध्ययन गर्न समय अनुकुल नभएका बिद्यार्थीहरुलाई स्नातकोत्तर तहको शिक्षाको अवसर प्रदान गर्नु रहेको एकेडेमिक चिफ अनिलकुमार अर्यालले बताए । भौतिक कक्षामा उपश्थित हुन असमर्थ रहदा स्मार्ट प्रबिधिको प्रयोगद्वारा कार्यालय वा कलेज बाहिर रहदा पनि कक्षा लिन सकिने आधुनिक र फरक प्रणालीलाई अंगिकार गरिएको अध्यक्ष गुरुड.ले बताए । उच्च दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रलाई योगदान दिने उद्देश्यले एम बि ए कार्यक्रम शुरु गरिएको उनले जिकिर गरे ।

२ बर्षे ४ सेमेस्टर कोर्षमा बढिमा ३० जना भर्ना लिइने र पूरा गर्न ४ लाख ६५ हजार प्रति बिद्यार्थीलाई लाग्नेछ । जसमा १ लाख १५ हजार मलेसियाको लिंकन युनिभर्सिटीलाई बुझाउनु पर्ने जानकारी दिइयो ।
त्रिभुवन बिश्वबिद्यालयको समकक्षता, नेपाल सरकारबाट स्विकृत प्राप्त मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको संस्था भएकोले प्राप्त उपाधिको अन्तर्राष्ट्रिय बिश्वसनीयता बढी हुने कलेजले दाबी गरेको छ । समय समयमा आमन्त्रित बिज्ञ गेस्ट लेक्चर द्वारा प्रबचन गराइने जनाइएको छ ।
कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै शिक्षासेवी प्रा.डा.यादव शर्मा गौडेलले गुणस्तरियता कायम गर्न सैद्दान्तिक सॅंगसॅंगै व्यवहारिक शिक्षामा जोड दिन सुझाब दिए । कलेजका अध्यक्ष शेरबहादुर गुरुड.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य लिटिल स्टेप बिद्यालयका प्रिन्सिपल पम्फा गुरुड.ले गरेकी थिइन् । कलेज लिटिल स्टेप बिद्यालय सिमलचौर परिसरमै रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।