पोखरा, फागुन १९
अन्र्तराष्ट्रिय मापदण्ड अनुसार एक पटक म्याराथन दौडिएपछि धावकले तीन महिना आराम गर्नुपर्छ । त्यहि भएर एउटा प्रतियोगितामा दौडिएको धावकले नजिकैको मितिको म्याराथन प्रतियोगितामा भाग लिँदैन । किनकी म्याराथन दौडिदा ईनर्जी धेरै खपत हुन्छ । जुन पूर्ति गर्न करीब तीन महिना लाग्छ ।
तर नेपाल र भारतका दुई युवा भने दैनिक ५० किलोमिटर दौडिने गरेका छन् । त्योपनि खाली खुट्टामा । गिनिज बुक अफ वल्र्ड रेकडर््स्मा नाम लेखाउने उद्देश्यले नेपालको जाजरकोट जिल्लाका अमृत बस्नेत र भारत महाराष्ट्रका विशाककृष्ण स्वामीले दैनिक ५० किलोमिटर दौडिने गरेका हुन् ।
ईण्डो नेपाल फ्रेण्डसीप नाम दिएर भारतको गोरखपुरबाट मार्च २५ तारिख अर्थात चैत ११ गतेदेखि दौडिन शुरु गरेका उनीहरु नेपालको बुटवल, पाल्पा, वालिङहुँदै पोखरा आईपुगेका छन् । प्रत्येक दिन ५० किलोमिटर दौडिने गरेका उनीहरु पोखरामा तीन दिन दौडिए । पहिलो दिन पोखरा रंगशालास्थित ट्रयाकमा दौडिएका उनीहरु दोश्रो दिन पोखरा म्याराथनको रुटमा र तेश्रो दिन पुनः रंगशालाको ट्रयाकमा दौडिएका उनीहरु आईतबार दमौलीतर्फ लागेका छन् ।
दैनिक ५० किलोमिटर दौडिने उनीहरुले २२ दिनमा १ हजार १ सय किलोमिटर दौडको लक्ष्य राखेका छन् । गिनिज बुक्स अफ वल्ड रेकर्डसमा जानकारी गराएरै आफूहरुले दौड शुरु गरेको धावक अमृत बस्नेतले बताए । ‘हामीले दौडिएको जिपीएसमा ट्रयाक हुन्छ । फोटो र भिडियोपनि प्रमाणका रुपमा हुन्छ । त्यसैका आधारमा पछि गिनिज बुक्स अफ वल्र्ड रेकर्डस्ले हामीलाई प्रमाणपत्र प्रदान गर्छ’–उनले भने ।
कहिले जुत्ता लगाएर त कहिले खाली खुट्टा दौडिने गरेको अर्का धावक भारत महाराष्ट्रका विशाककृष्णले बताए । ‘खाली खुट्टा दौडिए क्यान्सर हुन्छ भन्ने भ्रम छ मान्छेमा । हो त्यहि भ्रम तोड्न हामीहरु खाली खुट्टा दौडिन्छौं’–उनले भने ।
हालसँगै दौडिएर विश्व रेकर्ड राख्न तम्सिएका अमृत र विशाककृष्ण दुबैले एक्लाएक्लै रुपमा विश्व रेकर्ड राखिसकेका छन् । अमृतले भारतको दिल्लीदेखि काठमाडौंसम्म खाली खुट्टा दौडिएर तथा विशाककृष्णले ६२ दिनसम्म हरेक दिन म्याराथन दौडिएर विश्व रेकर्डस् राखिसकेका छन् ।
सन् २०२१ म भारतको चण्डीगढमा भएको ‘ट्वाण्टी फोर आवर स्टेडियम’ प्रतियोगितामा प्रतियोगिका रुपमा सहभागि अमृत र विशाक साथी बनेका थिए । त्यहि फ्रेण्डसीपलाई दोस्तीमा बदल्दै उनीहरु सामुहिक दौडिएर नया रेकर्ड राख्न तम्सिएका छन् । भन्छन्,‘दुबैको सोंच र मन मिलेपछि नया रेकर्ड राख्न दौडिएका हौं ।’
दौडिएरपनि देशको नाम राख्न सक्दा खुशी लागेपनि राज्य र समाजले सम्मान नदिदा खिन्न हुनेगरेको उनीहरुको भनाई छ । आफ्नै खर्चमा दौडिनेगरेका उनीहरु भन्छन्,‘राज्य र समाजको सहयोग मिले हामी सँधै दौडिरहने छौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







