पोखरा । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ ।
निगमले सोमबार मध्यरातीदेखि लागु हुने गरि पेट्रोल डिजेल, मट्टीतेल, हवाई इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजल, मट्टीतेल र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्य अनुसार अव पेट्रोल प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।
केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







