हिजो भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने घटेको छ ।
साताको पाचौँ दिन आज सुन तोलामा ८ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







