कटारी नगरपालिका (उदयपुर) का मेलमिलाप कर्ताहरु आवासिय तालिमकालागि पोखरामा


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०७९ मा प्रकाशित




पोखरा । कोशी प्रदेशको उदयपुर जिल्ला कटारी नगरपालिकाका मेलमिलापकर्ताहरु बिगत ६ दिनदेखि पोखरामा छन् । उनीहरु पर्यटकिय शहर पोखरा डुल्नकालागि नभई मेलमिलाप सम्बन्धि ८ दिवसिय (४८ घण्टे ) आधारभूत तालिमकालागि पोखरा आएका हुन् ।
कटारी नगरपालिकाको न्यायिक समिति आयोजना र जनहित संरक्षण मन्च (प्रो पब्लिक)को प्रशिक्षण सहजिकरण एवं प्राबिधिक सहयोग रहेको तालिममा ३० जनाको सहभागिता रहेको सहजकर्ता अधिबक्ता कबिता पांडेले जानकारी दिइन् ।
स्थानीय तहको न्यायिक समितिमा आउने मुद्दा वा विवादहरूलाई समाधान गर्न सक्ने गरी तालिम प्राप्त  दक्ष मेलमिलापकर्ता तयार  गर्ने उद्देश्यले आवासिय तालिमको आयोजना गरेको कटारी नगरपालिका न्यायिक समितिका संयोजक तथा कटारी नगरपालिकाका उप प्रमुख गीता खड्काले बताइन् ।
तालिममा मेलमिलाप कार्यक्रममा रुची राख्ने वा  काम गर्न चाहनेहरुबाट छानिएका ३० जनाको सहभागिता रहेको छ । ८ दिनसम्म जारी रहने तालिममा बिबाद र द्वन्दको अवधारणा र बिस्तार, बिबाद समाधानका उपायहरु (आधारभूत तथा बैकल्पिक), बिबाद समाधानमा मेलमिलाप पद्दतिको प्रयोग मेलमिलाप सम्बन्धि नेपालमा प्रचलित कानुनी व्यवश्था वार्ताका आधारभूत नियमहरु र ति नियमहरुको सान्दर्भिकता, मेलमिलापमा सन्चार र सहजिकरण सिपको प्रयोग, मेलमिलापमा सुनाई सिप र प्रश्न गर्ने कलाको प्रयोग, मेलमिलाप कर्ताको भुमिका, दायित्व र गुणहरु, मेलमिलापका आधारभूत चरणहरु बिबादको बिषयवस्तु पहिचान अडान र हित, बिकल्पको खोजी, मूल्य सिर्जना र बितरण , आसय, प्रभाब र निष्कर्ष तह, मेलमिलापका थप सिप र औजारहरु बिबादमा प्रभाब पार्ने संभाब्य सामाजिक मूल्य र मान्यताका प्रश्नहरु, बिबादमा सरोकारवालाहरुको पहिचान र बिबादका पक्षहरुको मनोसामाजिक बिश्लेषण, बिबाद समाधानमा ध्यान दिनु पर्ने कानुनी र न्यायिक पक्षहरु सामाजिक न्याय,मानव अधिकार, लैंगिक समानता,सामाजिक समावेशिकरण र महिला अधिकार, बहु सरोकारका बिबाद र मेलमिलाप, मेलमिलाप प्रक्रियामा प्रशंसनीय दृष्टिकोण, सहमति पत्रको तयारी र मेलमिलाप पक्रिया पश्चात जिम्मेवारी, मेलमिलाप कर्ताले पालना गर्नु पर्ने आचार संहिता , प्रतिबद्दता र सिकाई अनुभब लगायतका अन्तर्वस्तुमा केन्द्रित रहेर सैद्दान्तिक तथा ब्यबहारिक/प्रयोगात्मक तालिम भइरहेको सहजकर्ता अधिबक्ता पांडेले जानकारी दिइन् ।
तालिम प्रभाबकारी भई रहेको सहभागि मोहनबहादुर पौडेलले बताए । तालिमको दौरानमै बिहान बेलुका मुश्किलले फूर्सद निकालेर पोखरा घुम्ने काम पनि भइरहेको सहभागिहरुले बताए ।

कटारी नगरपालिका नेपालको कोशी प्रदेशको पश्चिम दक्षिण दिसामा अवस्थित छ । विश्वको उच्च शिखर सगरमाथा र हलेसी माहादेवको प्रवेश द्वार मानिने यस नगरपालिकाको पूर्व तिर उदयपुर जिल्लाको उदयपुरगढी गाँउपालिका र ताप्ली गाँउपालिका, पश्चिममा सिन्धुली जिल्लाको दुधौली नगरपालिका र फिक्कल गाउँपालिका, उत्तरमा ओखलढुङ्गा जिल्लाको मानेभञ्जाङ्ग गाँउपालिका र खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिका तथा दक्षिणमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका, सिरहा जिल्लाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र धनगडी नगरपलिका रहेको छ । यस नगरपालिका महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला बीच रहेकोले महाभारत श्रृङ्खला अन्तर्गत धारीला, विकट, डाँडाहरु बीच छरिएका र पातलिएका बस्तीहरु छन् । यस नगरपालिकालाई महाभारत फेदी देखि चुरे श्रृङ्खलाको बीचमा दुई वटा ठूला–ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस नगरपालिकालाई भित्री मदेशको रुपमा गणना गरिन्छ ।बि.सं. २०७१ सालमा कटारी नगरपालिका घोषणा गर्दा कटारी गा वि स र त्रिवेणी गाविस समावेश गरिएको थियो र २०७३ सालमा आएर रिस्कु गाविस, सिरिसे गाविस लिम्पटार गाविस सोरुङ्गछविसे गाविस हर्देनी गाविस, मयांखु गाविस र लेखानी गाविस समावेश गरि बनेको नगरपालिको हो । कटारी नगरपालिको कुल क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर रहेको छ भने यस नगरमा १४ वटा वडा रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।