चैत २५ पोखरा । नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । नेवा मिसाः पुचः कास्कीको शनिवार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा शक्ति प्रधानाङ्गलाई चयन गरेको छ । त्यस्तै दित्तीय उपाध्यक्ष रेवीका श्रेष्ठ, महासचिव किरण विजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ तथा कार्यसमिति सदस्यहरुमा अन्जु बाटाजु, सविना विजुक्छे, कमला श्रेष्ठ, मिना प्रधान सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, सगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु चयन भए ।
यस्तै आमन्त्रित सदस्यहरुमा भावना श्रेष्ट, युगेन पालीखे, शान्ती श्रेष्ठ, इन्द्रा श्रेष्ठ, पविता श्रेष्ठ,बिष्णु श्रेष्ठ , निर्मला श्रेष्ठ, शमीला प्रधानाङ्ग ,शोभा श्रेष्ठ , रेष्मा श्रेष्ठ, सिता देवांजु, सविता श्रेष्ठ र शर्मिला श्रेष्ठ रहेका छन् ।
नेवा मिसा पुचः कास्कीको नवौँ साधारणसभा तथा चौँथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद विद्या भट्टराईले नेवा मिसा पुचःले नेवा संस्कृति जगेर्ना राख्न महत्वपुर्ण भुमिका खेलेको बताइन् । एमाले सांसद भट्टराईले नेवा मिसा पुचः कास्कीले महिला सशक्तिकरण गर्नमा समेत महत्वपुर्ण भुमिका खेलेको बताइन् । महिला सशक्तिकरणको बारेमा बोल्दै उहाँले अझैपनि महिलाहरुमा सिप क्षमता र दक्षता भएर पनि उद्यमशिल बन्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताइन् ।
कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय अझैपनि अगाडी बढ्न हिचकिचाउने गरेको बताउदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडी सार्ने र भ¥याङ मात्र बनेको बताए । साथै उनले आगामी स्थानीय तह निर्वाचनमा कास्कीका सबै पालिकाहरुमा सके अध्यक्ष र कम्तिमा पनि वडा सदस्यमा भएपनि नेवारी महिलाहरुले उम्मेदवारी दिनुपर्ने र यसमा नेवा खल कास्की र नेवा मिसा पुचःले आवश्यक सहयोग गर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







