पोखरा । पोखराका प्रतिष्ठित ब्यवसायी लक्ष्मणकुमार र मनोजकुमार श्रेष्ठ लाई मातृशोक परेको छ ।
पोखराको चिप्लेढुंगामा अवश्थित रत्न इम्पोरियमका संचालक श्रेष्ठद्वयकी आमा मिश्रीदेवी श्रेष्ठको आइतवार ८३ बर्षको उमेरमा निधन भएको हो ।
श्रेष्ठको ब्रेन ह्याम्रेज भई फिस्टेल हस्पिटलमा उपचाररत रहेको अवश्थामा निधन भएको आफन्तले जानकारी दिए ।
स्वर्गिय श्रेष्ठका २ छोरा लक्ष्मणकुमार र मनोजकुमार श्रेष्ठ तथा ३ छोरी रहेका छन् । ज्येष्ठ सुपुत्र लक्ष्मण श्रेष्ठ लायन्स क्लब अफ पोखरा लेकसिटीका सदस्य र ज्येष्ठ बुहारी बिमला श्रेष्ठ लायन्स क्लब अफ पोखरा गण्डकीका पुर्व अध्यक्ष तथा समाजसेवी हुनुहुन्छ ।
स्वर्गिय श्रेष्ठको आइतवार नै स्थानीय रामघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले बताएको छ ।
रत्न इम्पोरियम बिगत २७ बर्षदेखि संचालित पोखराको एक प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







