माउण्ट अन्नपूर्ण मा.वि. मा विद्यार्थी बिदाइ कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा, नदीपुरमा अवस्थित माउण्ट अन्नपूर्ण मा ।वि मा म्यान्जनेट तथा होटल्म्यानेजमेन्टमा अध्यनरत कक्षा ११का विद्यार्थीहरूद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम सम्पन्न गरेका छन् ।

विद्यालयमा हरेक वर्ष जुनियरले सिनियरलाई आदर स्वरुप यसरी नै विदाइ कार्यक्रमको आयोजना गर्ने गर्दछ । कक्षा ११ की छात्रा प्रभा पुनको अध्यक्षतामा भएको उक्त कर्यक्रममा स्वागत मन्तव्य कक्षा ११ की छात्रा भूमिका सुवेदीले दिएकी थिइन ।

यस कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्ग,विद्यालय निर्देशक अशोक शाही,प्राचार्य सइन्द्रराज श्रेष्ठ , निर्देशक चिजकाजी गुरुङ र अध्यापक विकास गुरुङले शुभकामनाका साथै मार्ग निर्देशन मन्तव्य दिएका थिए। बिदाइ कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो।

उक्त कार्यक्रममा कक्षा ११ का छात्रछात्राहरूले साङ्गीतिक माहोलले कार्यक्रम भव्य बनाउनुका साथै विद्यालयद्वारा कक्षा १२ लाई मायाको चिनो उपहार दिइएको थियो।

होटल पौवा लेकसाइडमा आयोजना गरिएको उक्त कार्यक्रमको संचाल्न कक्षा ११ का छात्रा समीक्षा सिर्पाली र छात्र सुजन अचार्यले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।