लमजुङ–पोखरा सम्पर्क समितिमा शुभकामना आदानप्रदान


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित




पोखरा । लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाको संयूक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुधबार शुभकामना आदान प्रदान तथा नयाँ वर्षको अवसरमा प्रकाशित क्यालेण्डरको विमोचन गरिएको हो ।

क्यालेण्डरको संस्थाका पूर्व अध्यक्ष विश्वलाल श्रेष्ठले विमोचन गरे ।

कार्यक्रममा गजेन्द्रमान श्रेष्ठ, दीपक घिमिरे, ॠषिराम चिलुवाल , काशीमाया गुरुङ, भित्तेपात्रो प्रकाशन समितिका संयोजक रामकृष्ण श्रेष्ठ, कोषाध्यक्ष शशी श्रेष्ठ लगायतले बोलेका थिए ।

सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ईश्वर चिलुवाल र सञ्चालन सुमित्रा भण्डारीले गरेका थिए ।

लमजुङ स्थायी घर भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्न लमजुङ्गेहरुको संस्थाले विभिन्न समाजिक कामहरु गर्दै आइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।