हाइकिङको ३३ औं श्रृङ्खला मिर्सामा


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०८० मा प्रकाशित




पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार ३३ औं श्रृङ्खाला कास्कीको पर्यटकीय गाउँ मिर्सामा सम्पन्न गरेको छ ।

कास्की जिल्ला भित्र सामुदायिक होमस्टे संचालन गरेका कालाबाङ घरेडी सामुदायकि होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष बबिता गुरुङ र सचिव झलश्री गुरुङ पहिलो पटक हाइकिङमा सहभागी भएका थिए । उनिहरुले पनि हाइकिङले होमस्टेको प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।

हाइकिङ गर्न रुचाउने १० वर्ष देखि ६५ वर्षसम्मका विद्यार्थी, व्यवसायी, समाजसेवी, पत्रकार, वैदेशिक रोजगारबाट फर्किएका, पर्यटन व्यवसायी, शिक्षा सेवी लगाएत ३२ जनाको सहभागिता रहेको थियो ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महागरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेले हाइकिङलाई ग्रामिण पर्यटन संग जोड्न सकेमा मात्रै नेपालको पर्यटन विकास हुने वताएका छन् । हाइकिङको ३३ औं श्रृङ्खलासम्म ल्याउन पनि भिटोफको प्रत्यक्ष अप्रत्यक्ष भुमिका रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।